युक्रेनबाट सकुशल फर्किए दार्जिलिङका दुई विद्यार्थी

सिलगढी : दार्जिलिङका दुईजना विद्यार्थी युक्रेनबाट आज विमानमार्फत् सकुशल बाघडुग्रा हवाईअड्डामा आइपुगे। अलोक मिश्र र केलसाङ ग्यात्सो भुटिया युक्रेनको लभिभ नेशनल मेडिकल युनिर्भसिटीका विद्यार्थी हुन् भने तीमध्ये अलोक तेस्रो वर्षको अनि केलसाङ दोस्रो वर्षकी विद्यार्थी हुन्। ती दुई विद्यार्थी 5 डिग्री सेन्टिग्रेडको तापमानमा युक्रेनको लभिभबाट 40 किलोमिटर पैदल यात्रा गरेर पोल्याण्डको सिमाना पार गरेपछि भारतीय दूतावासको सहयोगमा विमानमार्फत् दिल्ली हुँदै आज सकुशल बाघडुग्रा हवाईअड्डामा आइपुगेको बताइएको छ। सकुशल घर फर्किआएकोमा विद्यार्थी लगायत तिनका परिवारका सदस्यहरू निक्कै खुसी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *