युक्रेनमा फँसेका प्रीतम मालाकारका परिवारसित भेट गरे मेयर गौतम देवले

सिलगढी : युक्रेनको पोल्टाभा-मा फँसेका सिलगढीका विद्यार्थी प्रीतम मालाकार हालसम्म आफ्नो घर फर्किन सकेका छैनन्। युक्रेनमा फँसेका सिलगढीका विद्यार्थी प्रीतमका आमा-बाबु हाल छोरालाई लिएर निक्कै चिन्तित छन्। सिलगढी नगरनिगमका मेयर गौतम देव आज साँझ प्रीतमको घरमा गएर तिनका परिवारसित भेट गर्नको साथै तिनीहरूसित कुराकानी गरे। उक्त भेट अवधि तिनले युक्रेनमा रहेका सिलगढीका विद्यार्थी प्रीतमलाई चाँडै आफ्नो घर फर्काइ ल्याउनको लागि राज्यकी मुख्यमन्त्रीको कार्यालयमा सबै तथ्य पठाएको बताए। अर्कोतिर, प्रीतमको आमाले भनिन्, छोरा प्रीतम युक्रेनको पोल्टाभामा फँसेका छन्। इन्डिया एम्बासीले हालसम्म छोरालाई फर्काइ ल्याउने कुनै व्यवस्था नगरेको बताउँदै युक्रेनमा छोरा प्रीतमलाई कालो लुगा लगाएर बस्ने, घरको बिजुली बत्तीहरू बन्द राख्ने साथै आवश्यक परे बङ्करमा गएर आश्रय लिइने निर्देश दिएको छ। भीडियो कलको माध्यमद्वारा छोरासित कुराकानी हुने गरेको तिनले बताइन्। तथापि, छोरा युक्रेनबाट सकुशल कहिले फर्किनेछ भन्नेबारे केही थाहा नभएको तिनले बताइन्। युक्रेनमा फँसेका भारतका सबै विद्यार्थीहरूलाई चाँडै सकुशल फर्काइ ल्याउने तिनले भारत सरकार समक्ष अपील गरेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *