अन्डर 14 र खुल्ला फुलबल प्रतियोगिता 23 सेप्टेम्बरदेखि शुरू

खरसाङ: खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा आगामी 23 सेप्टेम्बरदेखि हुने नगद राशि खुल्ला नकआउट फुटबल टुर्नामेन्ट र अण्डर 14 जुनियर फुटबल टुर्नामेन्टको लागि फिक्चर आउट गरिएको छ। खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा दुवै वर्गको लागि फिक्चर आउट गरियो। यस अन्तर्गत सिनियर टुर्नामेन्ट आगामी 23 सेप्टेम्बरदेखि अनि अण्डर 14 को जुनियर टुर्नामेन्ट आगामी 25 र 26 सेप्टेम्बरको दिन खरसाङको मन्टिभियट खेल मैदानमा हुने भएको छ। यी दुवै टुर्नामेन्टको फाइनल खेल आगामी 3 अक्टोबरको दिन हुने भएको आयोजक समितिले जनाएको छ। सिनियर वर्गमा मोठ 8 वटा टिम र जुनियरमा मोठ 12 वटा टिमले सहभागिता जनाएको खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सचिव निर्मल गुरुङ र संयोजक फुर्बा घिसिङले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *