अन्डरपासको मेनहोल खुल्ला रहेकोले निम्त्याइरहेको छ दुर्घटनालाई, विद्यार्थीहरू समस्यामा

सिलगढी : कोरोनाको संक्रमणमा केही कमी आइरहेपछि हाल स्कुल-कलेजहरू पुनः खोलिएको छ। गत 16 नोभेम्बरदेखि विद्यार्थीहरू स्कुल-कलेज जान थालेका छन्। तथापि, सिलगढी संलग्न जाबराभिटा अन्डरपासको खुल्ला मेनहोल स्कुल जाने बाटोमा रहेकोले गर्दा यसले विद्यार्थीहरूलाई बाधा पुर्‍याइरहेको छ। धेरै समयदेखि नै उक्त अन्डरपास जलमग्न भएकोले गर्दा सड़कको विभिन्न ठाउँहरूमा ठुल्ठुला खाल्डो बनेकोले उक्त सडक भएर आवत-जावत गर्ने विद्यार्थीहरूलाई धेरै समस्याको सामना गर्न परिरहेको छ। यसको साथै यहाँ जल निकासी व्यवस्थाको पनि समस्या रहेको छ। मेनहोलको ढकनी खुल्लै रहेकोले उक्त सडक भएर आवत-जावत गर्ने विद्यार्थीहरूले साइकलबाट ओर्लेर पैदल हिँडेरै अन्डरपास पार गर्न बाध्य छन्। विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले यस समस्याको समाधान गरिदिने आश्वासन दिए तापनि हालसम्म यसको समाधान भएको छैन। आज फेरि एसजेडीएका चेयरम्यान सौरव चक्रवर्तीले जाबराभिटा अन्डरपासको निरीक्षण गरेपछि तिनले भने, विद्यार्थीहरूको समस्या कम्ती गर्नको लागि आजदेखि यहाँ पुलिस तैनाथ गरिनेछ। विद्यार्थीहरूले भने, सड़कको अवस्था निक्कै खराब रहेको साथै मेनहोल पनि खुल्लै रहेकोले उक्त सडक भएर आवत जावत गर्ने धेरैजना विद्यार्थीहरू लड्ने गर्दछन्। स्कुल-कलेज जाने समय उक्त सड़कमा प्रायःजसो जामको समस्या हुने गर्दछ। उक्त सड़क भएर टोटो लगायत अन्य विभिन्न वाहनहरूले ज्यान जोखिममा पारेर आवत-जावत गर्ने गर्दछ। एकजना स्थानीय निवासीले बताएअनुसार प्रायःजसो उक्त सडक भएर चल्ने वाहनको चक्का गड्डामा फँस्ने गरे तापनि प्रशासनको यसतर्फ कुनै ध्यान नदिएको साथै कुनै पनि समय ठुलो दुर्घटना घट्न सक्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetgrandpashabetmobilbahisjojobetStarzbetStarzbetkargabetgrandpashabetpusulabetpokerklasStarzbetStarzbetgrandpashabetcasinomilyonmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelerbahiscasinoesbet girişcasibommatbetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetjojobetgrandpashabet girişjojobetcasibomkralbet Built with ❤︎ by appycodes