युनेस्कोलाई धन्यवाद जनाउन सिलगढीमा निकालिइयो विराट शोभायात्रा

सिलगढी : बंगालको दुर्गा पुजालाई युनेस्को-ले सांस्कृतिक विश्व धरोहरको रूपमा मान्यता दिएकोमा युनेस्कोलाई धन्यवाद जनाउँदै आज सिलगढीमा एउटा विराट रङ्गारङ्ग शोभायात्राको आयोजना गरियो। उक्त शोभायात्रामा सिलगढी, पहाड लगायत समतलका लगभग 15 हजारभन्दा अधिक मानिसहरूले अंश ग्रहण गरेका थिए। आज दिउँसो तराई स्कुल अघिबाट एउटा रङ्गारङ्ग शोभायात्रा निकालेर देशबन्धु चित्तरञ्जन दास फ्लाईओभर ब्रिज हुँदै बाघाजतीन पार्क अघि पुगेर समापन गरियो। उक्त शोभायात्रामा सिलगढी सहरका विभिन्न क्लबक, स्कुल, कलेजका विद्यार्थीहरू सामेल भएका थिए। बङ्गालको संस्कृति दुर्गा पुजालाई सुसज्जित ट्याबलोको माध्यमद्वारा दर्शाएको थियो। उक्त शोभायात्रामा सिलगढीको जिल्ला प्रशासनका अधिकारीहरू, सिलगढीका मेयर गौतम देव, सभाधिपति अरूण घोष लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *