युनिक फाउन्डेसनद्वारा हाँसमीचोकमा रक्षा बन्धन पर्व पालन

सिलगढी : युनिक फाउन्डेसनको तर्फबाट आज सिलगढीको हासँमीचोकमा रक्षा बन्धन पर्व पालन गरियो। यस वर्ष युनिक फाउन्डेसनले कोरोना भाइरसबारे सचेत गराउने उद्देश्य लिएर भिन्नै प्रकारको राखी बनाएको थियो। उक्त राखीको माध्यमद्वारा कोरोनाबारे मानिसहरूलाई जागरूक गराइयो। हाँसमीचोकमा आज फाउन्डेसनको तर्फबाट मानिसहरूलाई राखी लगाइदिँदै कोरोनाबारे सचेतना पनि गराइयो। यस अवसरमा हालै कोरोना संक्रमित भएर उपचारपछि स्वस्थ भएर घर फर्किआएका केही मानिसहरू पनि उपस्थित थिए। तिनीहरूले कोरोनाबाट आफूहरू कसरी स्वस्थ हुनसके भन्ने विषयमा सबैलाई अवगत गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *