सोनादा : प्राय: डेढ महीनाव्यापी थापाधुरा खेल मैदानमा खेलाइएको फाइभ साइट फुटबल खेलको फाइनलमा युनाइटेड ब्रदर्स सिङ्गेल बनाम सोयम स्पोर्टिङ सिडर्समाझ भीड़न्त भयो। अन्तिम क्षणसम्म 3-3 गोलको बराबरीपछि अतिरिक्त समयमा पनि परिणाम आउन नसक्दा पहिले हानिएको 4-4 पेनल्टी सुटआउटमा समेत बराबरी भएपछि फेरि हानिएको अतिरिक्त 4-4 पेनल्टी सुटआउटमा एक गोल धेर गरी युनाइटेड ब्रदर्सलाई पराजित गरेर सोयम स्पोर्टिङ च्याम्पियन बन्यो। दुवै टिमले रोचक खेल प्रदर्शन गरे। पूरा प्रतियोगिता अवधिको उत्कृष्ट दल सुनुवार बस्तीलाई छनौट गरियो भने फाइनल खेलका पराजित दलका खेलाडी सहयोग गुरुङलाई उत्कृष्ट खेलाडी चयन गरियो। फाइनल खेलका विजेता तथा उपविजेता दलका खेलाडीहरूलाई कार्यक्रमका मुख्य अतिथिको बाहुलीद्वारा पारितोषिक वितरण गरियो। रेडियो सलेसियनका आरजे मोजेस अनि स्थानीय रेवन थापाद्वारा सञ्चालित कार्यक्रमका मुख्य अतिथि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका नेता अनोश थापा थिए भने अन्य अतिथिहरूमा सोनादा-पचेङ समष्टिका अध्यक्ष सोनाम लामा, रिङटङ भ्यालीका पार्टी प्रतिनिधिहरू, चियाबारीका कर्मचारी, थापाधुराका सुनखरी परिवार अनि शारदा परिवार समाजका प्रतिनिधिहरू उपस्थित थिए। सांस्कृतिक कार्यक्रमसँगै स्थानीय ससाना नानीहरू, रिङटाङ चियाबारी कर्मचारी अनि श्रमिकहरूबीच प्रदर्शनी खेल खेलाइयो।