यूनाइटेड फोरम अफ अल आदिवासी अर्गनाइजेशन-का सदस्यहरूद्वारा फाँसीदेवामा घन्टौसम्म राजमार्ग अवरोध

फाँसीदेवा (निसं): आदिवासीहरूको इतिहासलाई तोड-मोड गर्नको साथै सीआरआई-को रिपोर्टमा बद्लाव गरेर गैर-आदिवासीहरूलाई एसटी तालिकामा सामेल गरेको आरोप लगाउँदै यसको प्रतिवादमा यूनाइटेड फोरम अफ् अल आदिवासी अर्गनाइजेशन-ले 12 घन्टा बंगाल बन्दको आह्वान गरेको छ। यसैलाई मध्यनजर राखेर यूनाइटेड फोरम अफ् अल आदिवासी अर्गनाइजेशन-ले सम्पूर्ण राज्य सहित फाँसीदेवामा पनि आज दिउँसो पथावरोध गऱ्यो। पथ अवरोध पछि 31डी राष्ट्रीय राजमार्गमा निक्कै जामको समस्या देखा पऱ्यो। संगठनका सदस्यहरूले हातमा भाला, चाक्कु सातै धनु-काँड लिएर सडक जाम गरेका थिए। पछि स्थितिलाई नियन्त्रित गर्नका लागि पुलिस घटनास्थलमा पुगेको थियो। लगभग 2 घन्टासम्म सडक जाम गरेपछि अन्तमा पुलिस प्रशासन अनि बीडीओ-ले आश्वासन दिएपछि जाम हटाइयो। संगठनको तर्फबाट बीडीओ-लाई एउटा ज्ञापन पनि सुम्पियो। बीडीओ-ले सम्पूर्ण मामिलाको रिपोर्ट महकुमा शासकलाई दिने कुरा प्रदर्शनकारीहरूलाई बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *