युनाइटेड फ्रेन्डस एसोसिएशन क्लबको तर्फबाट रक्तदान शिविर

सिलगढी:  कोरोनाको स्थितिमा हाल विभिन्न अस्पतालमा रगतको संकट देखा परेकोले गर्दा मयनागढीमा भएको रेल दुर्घटनामा परेर घाइते भएकाहरूलाई रगतको आवश्यक्ता पूरा गर्नको लागि युनाइटेड फ्रेन्ड्स एसोसिएशन क्लबले पहल गरेको छ। आज लायन्स क्लब अफ् तराई ब्लड ब्याङ्कको सहयोगमा रक्तदान शिविरको आयोजना गरियो।  उक्त रक्तदान शिविरको उद्घाटन पूर्व पर्यटन मन्त्री गौतम देवले गरे।  शिविरमा धेरै जना मानिसहरूले रक्तदान गरे। यस अवसरमा क्लबका अध्यक्ष सुब्रत चक्रवर्ती सहित अन्य सदस्यहरू उपस्थित थिए।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *