युनाइटेड किंग्डम पुरस्कारले सम्मानित पूर्णिमा सोनारलाई अभिनन्दन

सिलगढी : पूर्णिमा सुनारलाई तिनको सफलताको निम्ति बुधबार सिलगढीको सेभोक रोडस्थित होटलमा एउटा कार्यक्रमबाच अभिनन्दन जनाइयो। उक्त कार्यक्रममा देशको ज्योतिशास्त्र वह वास्तु एक्सपर्ट पण्डित डा.दिवाकर शर्माले आफ्नो वाहुलीबाट पूर्णिमालाई अभिनन्दन जनाए। यस अवधि पत्रकारहरूसँग कुराकानी गर्दै पण्डित डा. दिवाकर शर्माले वास्तुको विभिन्न आयामहरूमा प्रकाश पार्नको साथै विश्वमा विकराल रूप धारण गरिरहेको कोरोना भाइरसलाई लिएर मानिसहरू सतर्क रहने सल्लाह पनि दिए। स्मरण रहोस, ज्योतिष फाउन्डेशन गुजरात एवम् महर्षि वेदव्यास अकादमीको संयुक्त तत्वावधानमा गत अन्तर्राष्ट्रीय महिला दिवसको अवसरमा सिलगढीकी छोरी पूर्णिमा सुनारलाई वास्तुदोषको सम्पूर्ण निदानको लागि वर्ल्ड बुक अफ रेकर्ड युनाइटेड किङ्ग्डम पुरस्कारले सम्मानित गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *