युनाइटेड रङ्बुललाई पराजित गरेर युकेएफसी प्री-क्वार्टर फाइनलमा

सिलगढी : रोमाञ्चक टाइब्रेकरमा युनाइटेड रङ्बुल फुटबल क्लबलाई पराजित गरेर युकेएफसी (युनाइटेड खरसाङ फुटबल क्लब) 15औँ सुकना गोल्डकप फुटबल प्रतियोगिताको प्री-क्वार्टर फाइनलमा प्रवेश गरेको छ। सुकना गेम्स् एन्ड स्पोर्ट्स एसोसिएशनको तत्वावधानमा आयोजित यस प्रतियोगिता अन्तर्गत बिहिबार खेलिएको दोस्रो चरणको म्याचमा युकेएफसीले युनाइटेड रङ्बुललाई रोमाञ्चक टाइब्रेकर 3-1 गोलले पराजित गर्यो। निर्धारित समयसम्म दुवै टोलीका खेलाडीहरूले 1-1 गोल गरेर बराबरीमा रहेपछि अन्तमा खेलाइएको टाइब्रेकरमा युकेएफसीले युनाइटेड रङ्बुललाई 3-1 गोलले पराजित गर्यो।


विजेता टोलीको आशिष देवानलाई म्यान अफ् द म्याच चयन गरियो भने तिनलाई अतिथि तथा पूर्व फुटबल खेलाडी मोहन गुरूङको बाहुलीबाट ट्रफी प्रदान गरियो। युकेएफसीको अब अघिल्लो चरणमा रोयल फुटबल क्लब सिलगढीसँग आगामी 27 जनवरीको दिन प्री-क्वार्टर फाइनलमा जम्मका भेट हुनेछ। आज शुक्रबारको खेल केसोराम फुटबल एकाडेमी कलकत्ता बनाम हिमालयन स्पोर्टिङ क्लब दार्जिलिङमाझ सम्पन्न हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *