‘उनको अँगालो’ संस्थाद्वारा खरसाङको खहरेमा रहेको वृद्ध आश्रमलाई सहयोग

खरसाङ: उनको अँगालो नामक गैर राजनैतिक संस्थाले खरसाङको खहरेस्थित वृद्ध आश्रमको भ्रमण गर्यो। उक्त टोलीले दार्जिलिङ अनि कालेबुङमा माग्ने अनि कुष्ठ रोगीहरूलाई समय समयमा भेट गर्दै तिनीहरूलाई चाहिने सामग्रीहरू वितरण गर्दै आइरहेको छ। उनको अँगालो (हिस हक)-को मुख्य लक्ष्य नै मानिसहरूमा ईश्वरीय प्रेमसहितको अँगालो गर्नु हो। यसै क्रममा तिनीहरूले खरसाङको खहरे बस्तीमा अवस्थित सहयोगी हातमा रहेका 14 जना बाजे बोजुहरूसित भेट गर्दै केही समय बिताए। हिस हक टोलीको पक्षबाट वृद्ध आश्रमलाई गोडरेज, बाल्टी, दाल, चिनी साबुन अनि केही रकम सहयोग गरियो। दार्जिलिङ होली परिवारले आयोजना गरेको अनलाइन कम्पिटिसन गीतको आज विमोचन पनि गरियो। सो गीतहरू सिङ्गोक प्रक्डसनबाट हुनेछ। अनलाइन सिङगिङ कम्पिटिसनका जज सामुएल लेप्चा पनि मुख्य रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *