उपचारमा लापर्वाहीको आरोप लगाउँदै विरोध प्रदर्शनी

कुचबिहार : कुचबिहारको चकचका चेकपोस्ट इलाकामा चिकित्सामा लापर्वाहीको कारण छात्रको मृत्यु भएको आरोप लगाउँदै स्थानीय मानिसहरूले पथ अवरोध गरेर विरोध प्रदर्शनी गरे। मृतक छात्र पार्थ भौमिक चकचका हाई स्कुलको एघारौँ श्रेणीका छात्र थिए। प्राप्त जानकारीअनुसार गत शनिबार सड़क दुर्घटनामा पार्थ भौमिक घाइते हुँदा तत्कालै चकचका इलाकास्थित एउटा नर्सिङहोममा भर्ना गरेपछि उपचाराधीन अवस्थामा आज बिहान छात्रको मृत्यु भएको बताइएको छ। स्थानीय मानिसहरूले उचारमा लापर्वाहीको कारण नै तिनको मृत्यु भएको आरोप लगाउँदै 31 नम्बर राष्ट्रिय राजमार्ग अवरोध गरेर विरोध प्रदर्शनी गरे। घटनाको खबर पाएर पुन्डीबारी पुलिस घटनास्थलमा पुगे।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.