उप-कुलपति नियुक्त गरिनुपर्ने मागमा एबीभीपी-द्वारा उत्तरबंग विश्वविद्यालयमा विक्षोभ प्रदर्शन

सिलगढी : उप-कुलपति नियुक्त गरिनुपर्ने माग गर्दै आज एबीभीपी-ले उत्तरबंग विश्वविद्यालयमा विक्षोभ प्रदर्शन गर्यो। एबीभीपी-का सदस्यहरूले आज विश्वविद्यालयको 2 नम्बर गेटबाट एउटा र्‍याली निकालेर प्रशासनिक भवनसम्म पुगेपछि शिक्षा मन्त्रीको कुशको पुतला दहन गर्दै विक्षोभ प्रदर्शन गरे। एबीभीपी-को आरोप अनुसार उत्तरबंग विश्वविद्यालयमा हाल उप-कुलपति छैन। रेजिस्ट्रार तथा वित्त अधिकारी लगायत अन्य विविध पदहरू रिक्त अवस्थामा रहेको छ। चाँडै पारदर्शिताको रूपमा उप-कुलपतिको नियुक्त गरिनुपर्ने तिनीहरूले माग गरे। यस विषयमा एबीभीपी-का राज्य सचिव शुभव्रत अधिकारीले भने, विश्वविद्यालयमा उप-कुलपति छैन। विश्वविद्यालयमा बस परिसेवा बन्द रहेको छ। विद्यार्थीहरूलाई खाना पाएका छैनन्। चाँडै उप-कुलपति नियुक्त नगरेको खण्डमा आगामी दिनमा अनिश्चितकालीन धरनामा बस्ने तिनले चेताउनी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *