उपन्यास ‘फुलाङगे’ 23 जनवरी भारतीय पाठकसामु आउने

बिजनबारी: बिजनबारी भेगका युवा सर्जक लेखनाथ छेत्रीले आफ्नो चौथो कृति तथा पहिलो उपन्यास फुलाङगेआगामी 23 जनवरीको दिन भारतीय पाठकसामु ल्याउने भएका छन् भने उक्त दिन कालेबुङबाट पुस्तक लोकार्पण हुने भएको छ। कालेबुङको लुइस रेसिडेन्सीबाट सार्वजनिक हुने उक्त उपन्यासलाई साङरिला बुक्स भारतले बजारमा ल्याउने भएको छ भने उक्त पुस्तक यसभन्दा अगावै साङरिला बुक्स नेपालले नेपालका पाठकहरूसामु पुऱ्याइसकेको छ। स्मरण रहोस्, युवा सर्जक लेखनाथ छेत्री बिजनबारी रेलिङ निवासी हुन् भने तिनले यसभन्दा अगाडी दुईवटा चर्चित कविता सङ्ग्रहहरु बाउको पसिना’ (2012) र अक्षर अनप्लग्ड’ (2015) सँगै मुल लेखक रविश कुमारको पुस्तक मुक्ति आवाज’ (2019)-ले पाठकको मन जितिसकेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *