युपी-को गोर्खाली समाजद्वारा विमल गुरूङसँग भेट

नयाँ दिल्ली : उत्तर प्रदेशको गोर्खाली समाजको एउटा प्रतिनिधि टोलीले भूमिगत गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङ अनि महासचिव रोशन गिरीसँग भेट गरेर कुराकानी गरेको जानकारी प्राप्त भएको छ। उक्त भेट अवधि उत्तरप्रदेशका गोर्खाली समाजको विविध समस्याहरू लगायत अलग राज्य गोर्खाल्याण्डको विषयमा व्यापक चर्चा परिचर्चा गरिएको बताइएको छ। उत्तरप्रदेशको गोर्खाली समाजको प्रतिनिधि टोलीमा अनिति थापा, दुर्गेश थापा, गोपाल आले, शेर बहादुर राणा, रवि विश्वकर्मा, रवि थापा, दीपक थापा, र मनोज कुमार राणा प्रमुख रूपले सामेल थिए। गोर्खाली समाज प्रतिनिधि टोलीले अध्यक्ष विमल गुरूङलाई फुलको गुच्छा प्रदान गर्नको साथै एउटा ज्ञापन पत्र पनि सुम्पिएको पार्टी सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *