अप्पर बाघडुग्रा अञ्चल तृणमूल कङ्ग्रेसको कर्मी सम्मेलनको आयोजना

सिलगढी : सिलगढी महकुमा परिषद चुनाउभन्दा अगावै जिल्लाभरिमै सांगठनिक शक्ति वृद्धि गर्ने उद्देश्य लिएर आज नक्सलबारी ब्लकको अप्पर बाघडुग्रा अञ्चल तृणमूल कङ्ग्रेसले कर्मी सम्मेलनको आयोजना गर्यो। बाघडुग्राको बलराम नगरमा आयोजित उक्त कर्मी सम्मेलनमा जिल्ला सभानेत्री पापिया घोष, चेयरम्यान अलोक चक्रवर्ती, जिल्ला प्रवक्ता वेदव्रत दत्त, युवा सभापति कुन्तल राय, श्रमिक युनियनका जिल्ला सभापति निर्जल राय लगायत अन्य उपस्थित थिए। उक्त कर्मी सम्मेलनलाई सम्बोधन गर्दै जिल्ला नेतृत्वहरूले पार्टीको सांगठनिक कमजोरीलाई दूर गरेर जनताको हितमा काम गर्ने सन्देश दिए। यस अवसरमा पापिया घोषले हाल तृणमूल कङ्ग्रेस बाहेक अन्य कुनै पनि पार्टीको यहाँ प्रभुत्व नरहेकोले आगामी सिलगढी महकुमा परिषद्को चुनाउमा तृणमूल प्रार्थीहरूको विजय निश्चित रहेको बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *