अप्पर बाघडुग्रा ग्राम पञ्चायतको तर्फबाट शौचालय दिवस पालन

बाघडुग्रा : अप्पर बाघडुग्रा ग्राम पञ्चायतको तर्फबाट आज विश्व शौचालय दिवस पालन गरियो। यस अवसरमा अप्पर बाघडुग्रा ग्राम पञ्चायतदेखि पानीघट्टा मोड़सम्म एउटा र्‍याली निकालिइयो। बाघडुग्रा ग्राम पञ्चायतका प्रधान संजीव सिन्हाले स्वच्छ बाघडुग्रा बनाउनको लागि सबैसित सहयोगको अपील गरे। यसको साथै प्लास्टिक मुक्त, स्वच्छ तथा पौधारोपणको सन्देश दिँदै एउटा कार्यक्रमको पनि आयोजना गरियो। उक्त कार्यक्रममा पञ्चायत सदस्य पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *