अप्पर लिङ्सेबुङबाट 12 घर गोरामुमो समर्थकहरू विनय खेमामा सामेल

रिम्बिक:  रिम्बिक लोधोमा समष्टि अन्तर्गत पर्ने अप्पर लिङ्सेबुङबाट 12 घर गोरामुमो समर्थकहरू बुथ कमिटीका उपसभापति मिङ्गमा ग्यालजे शेर्पाको पहलमा विनय-अनित खेमा गोजमुमोमा सामेल भएका छन्। आज एउटा कार्यक्रमबीच 12 घर गोरामुमो समर्थकहरू गोजमुमो विनय-अनित खेमामा सामेल भए। वर्तमान रिम्बिक-लोधोमा समष्टि सभापति नोर्देन शेर्पाको असल कार्यले आफुहरू आकर्षित भएर विनय खेमामा सामेल भएको नयाँ समर्थकहरूले बताए। कार्यक्रममा समष्टि सभापति नोर्देन शेर्पाको निर्देशनमा समष्टि महासचिव मिलन प्रधान, समष्टि उपाध्यक्ष टासी शेर्पा, बुथ कमिटी सचिव बिनोद तामाङ, बुथ एग्जिक्युटिभ सदस्य निमफुरी शेर्पा विशेष रूपमा उपस्थित थिए।    


Leave a Reply

Your email address will not be published. Required fields are marked *