अप्पर फागु चियाबारीमा चिया श्रमिकहरूको समस्या समाधानबारे सभा

गोरूबथान: दार्जिलिङ, तराई, डुवर्स चियाबारी श्रमिक युनियन गोरुबथान जोनल कमिटी र अप्पर फागु चियाबारी श्रमिक यूनियन एकाईको संयुक्त आयोजनामा गोरूबथानको अप्पर फागु चियाबारीमा श्रमिकहरुलाई लिएर एउटा सभा सम्पन्न गरियो। कुशल प्रधानको सभापतित्वमा सम्पन्न सभामा श्रमिक यूनियन एकाईका सभापति एलबी राई, प्रसाद गुरुङसहित युनियनका अन्य सदस्यहरू उपस्थित थिए। सभामा वक्ताहरूले मुख्य रूपमा चिया श्रमिकहरुको दीर्घ दिनदेखिको समस्या न्यूनतम् मजदुरी कानुन चाँडो कार्यान्यवन गरेर चिया श्रमिकहरुलाई न्याय दिनु पर्नेबारे भन्ने सरकार अनि मालिक पक्ष समक्ष माग गरे। यसको साथै न्यूनतम् मजदुरी लागू गर्नु पर्नेबारे सम्पूर्ण 37 वटा युनियनको समूह जोइन्ट फोरमले संयुक्त रूपमा मिनिमम् वेजेस एडभाइजरी कमिटीको माध्यमबाट अघि बढाउँदै गत महिना भएको 15औं सभाले धेरै विषयमा छलफल भए तापनि कतिपय विषयहरूमा सहमतिमा आउन नसकेको हुँदा फेरि आगामी दिसम्बर महिनामा हुने अर्को सभामा ती विषयहरूमा चर्चा गरेर सहमतिमा आउने बारे वक्ताहरूले आशय प्रकट गरे। रंग-रूप र राजनैतिक भिन्नतालाई पन्साएर सबै चिया श्रमिकहरुलाई न्याय दिलाउनको लागि एक भएर आवाजलाई बुलन्द गरौं भन्दै वक्ताहरूले सबैसित आह्वान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *