अप्पर प्राइमेरीमा नोकरी लगाइदिने प्रलोभन देखाएर लाखौँ रुपियाँ ठगेको आरोपमा शिक्षक पक्राउ

राजगञ्ज : अप्पर प्राइमेरीमा नोकरी लगाइदिने प्रलोभन देखाएर लाखौँ रुपियाँ ठगेको आरोपमा पुलिसले एकजना शिक्षकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका शिक्षक सन्तोष बर्मनको रूपमा चिन्हित गरिएको छ। सन्तोष बर्मन कुचबिहार जिल्लाको शीतलकुची निवासी हुन् भने तिनी केही वर्षदेखि सिलगढीको आसिघर इलाकामा परिवारसित बस्दै आइरहेका छन्। तिनी जलपाईगढी जिल्ला अन्तर्गत राजगञ्जको आमबारी चिन्तामोहन हाई स्कुलमा बङ्ग्लाको शिक्षक हुन्। अभियोगकर्ता बाप्पा मालाकार कुचबिहार जिल्लाको माथाभाङ्गा इलाका निवासी हुन्। बाप्पा मालाकारको आरोप अनुसार  आमबारी चिन्तामोहन हाई स्कुलका शिक्षकले केही शिक्षित बेरोजगार युवाहरूलाई स्कुलमा नोकरी लगाइदिने प्रलोभन देखाएर 17 लाख रुपियाँ लिए तापनि हालसम्म नोकरी पाएका छैनौँ। यसपछि रुपियाँ फिर्ता माग्दा पनि  सो दिन नमानेपछि बाप्पा मालाकारले उक्त शिक्षकविरुद्ध आमबारी आउटपोस्टमा लिखित अभियोग दर्ता गरेको छ। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले शिक्षक सन्तोष बर्मनलाई पक्राउ गरेको छ। पीडित बाप्पा मालाकारले बताएअनुसार गत 3 वर्ष अघि शिक्षक सन्तोष बर्मनले आफूलाई अप्पर प्राइमेरी स्कुलमा नोकरी लगाइदिने प्रलोभन देखाएर 17 लाख रुपियाँ लिएको थियो। तिनले आफूबाट मात्र नभएर अन्य युवाहरूबाट पनि उक्त शिक्षकले रुपियाँ लिएको बताए। गत 13 दिसम्बरमा उक्त शिक्षकको घरमा गएर रुपियाँ फिर्ता माग्दा तिनले रुपियाँ दिँदिन भन्दै उल्टै धम्की समेत दिएको तिनले बताए। यसपछि बाध्य भएर आफूले पुलिस समक्ष सहयोगको गुहार लगाएको हो। यस सम्बन्धमा आमबारी चिन्तामोहन हाई स्कुलका प्रधान शिक्षक प्रशान्त दासले भने, शिक्षक सन्तोष बर्मनले 2009 देखि उक्त स्कुलमा पढाउँदै आइरहेका छन्। तिनी सिलगढीको आसिघर इलाकामा घर बनाएर आफ्नो स्वास्नी र नानीहरूसित बस्दै आइरहेका छन्। केही महिना अघि पनि केही मानिसहरूले तिनको खोजी गर्न आएका थिए। यसपछि हिजो तिनीविरुद्ध शिक्षक नियुक्तिमा ठगेको अभियोग उठेको थाहा पाए। यदि उक्त घटना सत्य हो भने यो विद्यालयको नाम बदनाम मात्रै होइन, लाजमर्दो विषय पनि हो। अर्कोतिर, आरोपी शिक्षकको भनाइ अनुसार आफूमाथि झुटो आरोप लगाइरहेको छ। षड्यन्त्र गरेर आफूलाई फँसाइरहेको तिनले दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetGrandpashabetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes