अप्पर सिडर्समा एकजना व्यक्ति कोरोना संक्रमित भेट्टाएपछि क्षेत्रमा सेनिटाइज

सोनादा: अप्पर सिडर्समा आज एकजना कोरोना पोजिटिभ भेट्टाएपछि गोजमुमो विनय पन्थीद्वारा गठित सर्भिलेन्स टोलीले उक्त क्षेत्रमा सेनिटाइज गर्यो। विनयपन्थी गोजमुमोका महासचिव अनित थापाको निर्देशनमा कोभिड सर्भिलेन्स टोलीका समन्वयक राजेस चौहान अनि राजेस राईको अगुवाईमा आज अप्पर सिडर्समा कोरोना संक्रमितको घरमा सेनिटाइज गरियो। कोरोना संक्रमित उक्त  व्यक्तिलाई उपचारको लागि अस्पतालमा लगियो।


कोरोना संक्रमितको परिवारका सदस्यहरूसित भेट गरेर राजेस चौहानले सबैलाई नडराउने, सुरक्षित र सचेत भएर बस्ने साथै सबैले मिलेर सहयोग गर्ने अनुरोध गरेका छन्। यस अवसरमा अप्पर सिडर्स र मुण्डाकोठी चियाबारीलाई पनि सेनिटाइजर मशीन र केमिकल प्रदान गरेको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *