अप्पर सोनादा ग्राम पञ्चायतमा नि:शुल्क आँखा जाँच शिविर

अप्पर सोनादा ग्राम पञ्चायत कार्यालयमा अप्पर सोनादा महिला बहुउद्देश्यीय प्राथमिक समिति (एसएसजी) को आयोजनामा नि:शुल्क आँखा जाँच शिविरको आयोजना गरियो । कालेबुङबाट आएका चिकित्सक टोलीले आँखा जाँच गरेर औषधि समेत नि:शुल्क उपलब्ध गराएको समितिका अध्यक्षा सिमा राईले जानकारी दिएका छन्। अप्पर सोनादा ग्राम पञ्चायतका 8 वटा वार्डको स्थानीय 42 जनाले उक्त शिविरमा जाँच गराए। यसैगरी, आगमी 26 सेप्टेम्बरमा पनि ग्राम वासीहरुलाई सेवा पुर्यायउन हेतु नि:शुल्क आँखा जाँच शिविर राख्ने भएको छ। स्मरण रहोस् अप्पर सोनादा महिला बहुउद्देश्यीय प्राथमिक समिति (एसएसजी)ले विभिन्न समाजिक कार्यहरु गरेर मानिसहरूलाई सेवा पुर्यापउँदै आइरहेको छ।कोरोना महामारीको प्रकोपबाट बाँच्न विभिन्न जागरुक कार्यक्रम साथै तालिमहरु पनि समितिले दिएको समितिका खण्ड बिकास प्रशिक्षक चाँदनी राईले जानकारी दिएकी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *