युपीएससी परीक्षामा सिलगढीका अभिजीत राय 50औँ स्थानमा

सिलगढी : सिलगढी नगरनिगमको 15 नम्बर वार्डको दुधमोड इलाका निवासी अभिजीत रायले युनियन पब्लिक सर्भिस कमिशन (युपीएससी)-को परीक्षामा 50औँ स्थान हासिल गरेका छन्। तिनी 2010-को आईसीएसई परीक्षामा दार्जिलिङ जिल्लामा प्रथम भएका थिए। तिनले दिल्लीमा आफ्नो अध्ययनलाई अघि बढाए अनि यसपछि 2016-मा बेङ्गलोरको एउटा चर्चित संस्थामा तिनले काम गर्न थाले। लगभग 3 वर्ष काम गरेपछि तिनले सरकारी नोकरीको तयारी गर्न थाले तापनि तिनी सफल भएनन्।


युपीएससी परीक्षाको हिजो रिजल्ट प्रकाशित भएपछि आफूले 50औँ स्थान हासिल गरेको कुरामा तिनलाई विश्वास लागेन। छोराको सफलता देखेर बाबु डा. मुकुल राय र आमा डा. चन्द्रा राय निक्कै खुसी भएका छन्। आज स्टुडेन्ट सोसाइटी अफ् सिलगढीको तर्फबाट फुलको गुच्छा प्रदान गरेर तिनलाई संवर्द्धना जनाइयो। अभिजीत रायले भने, परीक्षाको तयारी आफैले गरेको, कुनै प्रशिक्षण केन्द्रको सहयोग लिएनन्। आगामी दिनमा देश अनि समाजको लागि केही राम्रो कार्य गर्ने इच्छा रहेको अभिजीत रायले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.