उत्कृष्ट थिम भएको दुर्गा, काली र छठ पुजा कमिटीहरूलाई पुलिस कमिश्नरले गरे सम्मानित

सिलगढी : सिलीगुड़ी मेट्रोपोलिटनको तर्फबाट आज दुर्गा, काली र छठ पुजामा सबैभन्दा उत्कृष्ट, सुन्दर र सबैभन्दा अलग थीम भएको पुजा कमिटीहरूलाई सम्मानित गरियो। आज पुलिस कमिश्नरेट मैदानमा सिलगढी पुलिस कमिश्नर गौरव शर्माले भिन्न-भिन्न विभागहरूमा सर्वश्रेष्ठ पन्डाल, सर्वश्रेष्ठ मूर्ति, सर्वश्रेष्ठ थीममा आयोजना गरेको दुर्गा, काली र छठ पुजाको मोठ मोठ 17 वटा पुजा कमिटीलाई ट्रफी प्रदान गरेर शारद सम्मान 2021-द्वारा सम्मानित गरियो। पुजा पण्डालको माध्यमद्वारा सेफ ड्राइभ, सेफ लाइफ-बारे जागरूकता फैलाउने तीनवटा पुजा पण्डाल कमिटीलाई पनि विशेष रूपले सम्मानित गरियो। यस अवसरमा कमिश्नर गौरव शर्माले भने, दुर्गा, काली र छठ पुजामा सबैभन्दा उत्कृष्ट पुजा पण्डाल, मूर्ति, थीम भएको पुजा पण्डाललाई आज एउटा कार्यक्रमको माध्यमद्वारा सम्मानित गरियो। यसको साथै दुर्गा पुजामा जुन पुजा पण्डालहरूले सेफ ड्राइभ, सेफ लाइफलाई सबैभन्दा राम्रो प्रकारले डिस्प्ले गर्दै मानिसहरूमाझ जागरूकता फैलायो ती तीनवटा पुजा पण्डाललाई पनि ट्रफी लगायत 25 हजार रुपियाँको चेक प्रदान गरेर सम्मान जनाएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *