‘उत्सर्ग’ परियोजना अन्तर्गत रक्तदान शिविरको आयोजना

सिलगढी : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले पुलिस तथा साधारण मानिसहरूमाझ सम्बन्धा अझ प्रगाढ बनाउने पहल गरेकी छन्। यसै क्रममा सिलगढी पुलिस कमिश्नर गौरव शर्माले आज सिलगढीमा उत्सर्ग परियोजनाको शुरूवात गरे। यस परियोजना अन्तर्गत सिलगढीको सबै थानाहरूमा रक्तदान शिविरको आयोजना गर्ने तथा जन सेवामा संलग्न रहने निर्देश दिएको छ। यसैले आज सिलगढी थानामा उत्सर्ग परियोजनाको शुरूवात गरियो।


सिलगढीको एउटा गैर सरकारी ब्लड ब्याङ्कको सहयोगितामा मेगा रक्तदान शिविरको आयोजना गरियो भने उक्त शिविरमा पुलिस कर्मीहरू लगायत स्थानीय मानिसहरूले रक्तदान गरे। उक्त शिविरमा डीसीपी ईस्ट जय टुडू, एसीपी ईस्ट सुरेन्द्र कुमार र अन्य उपस्थित थिए। यस अवसरमा कमिश्नर गौरव शर्माले भने, मुख्यमन्त्रीको उत्सर्ग परियोजनाको माध्यमद्वारा प्रत्येक शनिबार विभिन्न थानामा रक्तदान शिविरको आयोजना गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *