उत्तरबङ्ग विश्वविद्यालय अन्तर्गत तेस्रो वर्षको परीक्षा स्थगित

सिलगढी : उत्तरबङ्ग विश्वविद्यालयको अधीनस्थ रहेका कलेजहरूको तेस्रो वर्षको परीक्षा स्थगित गरिदिएको छ। विश्वविद्यालय प्रबन्धनको तर्फबाट एउटा नोटिस जारी गरिएको छ। उक्त जारी नोटिसमा कोरोना भाइरसलाई केन्द्र गरेर कलेजहरूको तेस्रो वर्षको परीक्षा स्थगित गरिएको उल्लेख गरिएको छ।


स्मरण रहोस्, पूर्व निर्धारित कार्यक्रमअनुसार आगामी 7 अप्रेलदेखि शुरू हुने तेस्रो वर्षको परीक्षा आगामी 15 अप्रेलसम्मको निम्ति स्थगित गरिएको छ भने यसपछि नयाँ परीक्षाको मिति घोषणा गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *