उत्तरबंग विश्वविद्यालयको म्युजियममा ऐतिहासिक मुद्रा प्रदर्शनीको आयोजना

सिलगढी : विद्यार्थीहरूलाई मुद्राबारे ज्ञान बढ़ाउने उद्देश्य लिएर उत्तरबंग विश्वविद्यालयको अक्षय कुमार मैत्र हेरिटेज म्युजियममा ऐतिहासिक मुद्रा प्रदर्शनीको आयोजना गरियो। दुईदिने उक्त मुद्रा प्रदर्शनीको आज पहिलो दिन प्राचीन भारतको मौर्य गुप्त, मुगल, कुषाण राजाहरूको मुद्रा सहित ब्रिटिश भारतको केही मुद्रा लगायत स्वतन्त्रतापछिको भारतको केही मुद्रा प्रदर्शित गरियो। उक्त प्रदर्शनीमा नक्सलबारी, बाघडुग्रा, मतिगढा र सिलगढीको विभिन्न स्कुलका विद्यार्थीहरूले अंश ग्रहण गरेका थिए। यस सम्बन्धमा मुद्रा विशेषज्ञ शिवाजी ब्यानर्जीले भने, यस मुद्रा प्रदर्शनीमा विद्यार्थीहरूलाई केही प्रश्नहरू सोधियो। विभिन्न प्रकारको मुद्रा देखेर विद्यार्थीहरू खुसी भए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *