उत्‍तरबंग विश्‍वविद्यालयको 61औँ स्‍थापना दिवस पालन

सिलगढी : स्थापना दिवसको अवसरमा विदा नभएर स्थापना दिवस पालन गरिनेछ। उत्तरबंग विश्वविद्यालयका उप-कुलपति डा. ओमप्रकाश मिश्रले आज विश्वविद्यालयको 61औँ स्थापना दिवस पालन गरेर यस प्रकारको मन्तव्य पोखेका हुन्। आज बिहान विश्वविद्यालयका सुरक्षा गार्डहरूले गार्ड अफ अनर दिए भने उप-कुलपति डा. ओमप्रकाश मिश्रले विश्वविद्यालयको झण्डा उत्तोलन गरे। यसको साथै तिनले राजा राममोहन राय, रवीन्द्रनाथ टेगोर, भानुभक्त, ईश्वर चन्द्र विद्यासागर र नेताजी सुभाष चन्द्र बोसको सालिगमा गएर माल्यार्पण पनि गरे। यसपछि उप-कुलपति लगायत अन्य दुईजना आमन्त्रित वरिष्ठ प्रोफेसर रघुनाथ घोष र प्रोफेसर आनन्द गोपाल घोषले विश्वविद्यालय हलमा दीप प्रज्ज्वलित गरेर स्थापना दिवस कार्यक्रमको शुरुआत गरे। यस अवसरमा विश्वविद्यालयका उप-कुलपति डा. ओमप्रकाश मिश्रले भने, आगामी दिनमा विश्वविद्यालय परिसरमा पञ्चानन वर्मा र स्वामी विवेकानन्द जस्ता सन्तहरूको पनि सालिग स्थापित गरिनेछ। आज 1 नोभेम्बर स्थापना दिवसको दिन विश्वविद्यालयमा छुट्टी नदिएर प्रत्येक वर्ष यस दिनलाई अबदेखि पालन गरिनेछ। यसको साथै राजा राममोहन रायको 250औँ जयन्तीको लागि एउटा कमिटी गठन गरियो भने वर्षभरि विभिन्न कार्यक्रमहरूको माध्यमद्वारा तिनको जयन्ती पालन गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *