उत्तरबंग विश्वविद्यालयमा भोलि सभाको आयोजना गरिने : विधायक शंकर घोष

सिलगढी : उत्तरबंग विश्वविद्यालयमा भोलि एउटा सभाको आयोजना गरिने भएको छ। विश्वविद्यालयका उप-कुलपतिको तर्फबाट उक्त सभाको आयोजना गरिने भएको छ। उक्त सभामा उत्तरबंग विश्वविद्यालयको जमिन गैर सरकारी संस्थालाई हस्तान्तरण गरिने विषयमा उप-कुलपतिबाट विस्तृत जानकारी मागिनेछ। सिलगढीका विधायक शङ्कर घोषले आज पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। सिलगढी नगरनिगमको 24 नम्बर वार्डमा विधायक शङ्कर घोषले आज एउटा पत्रकार सम्मेलनको आयोजना गरे। तिनले बताएअनुसार धेरै समयदेखि विश्वविद्यालयको जमिन हस्तान्तरण गरिने विषयलाई लिएर विविध भ्रम सृष्टि भएको छ। कुन सम्झौताको आधारमा उक्त जमिन हस्तान्तरण गरिँदैछ भन्ने विषयमा उप-कुलपतिले भोलिको मुक्त सभामा सबै अघि विस्तारित जानकारी दिनेछन्। यसपछि सबैजनाले सहमति जनाए भने मात्र अघिल्लो कदम उठाउनु उचित रहेको तिनले बताए। भोलि सम्पन्न हुने सभामा विश्वविद्यालयका पूर्व विद्यार्थीहरू लगायत सबैले प्रश्न गर्नेछन्। यसभन्दा अघि पनि होटल म्यानेजमेन्ट विभाग निर्माण गर्नको लागि गैर सरकारी संस्थालाई जमिन हस्तान्तरण गर्ने योजना बनाएको थियो। आजको पत्रकार सम्मेलनमा सिलगढी नगरनिगमका विपक्षी नेता अमित जैन र 4  नम्बर वार्डका पार्षद विवेक सिंह उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *