उत्तरबङ्ग डेन्टल कलेजका विद्यार्थीद्वारा प्रिन्सिपल घेराउ

सिलगढी : आज उत्तरबङ्गाल डेन्टल कलेजका विद्यार्थीहरूले विभिन्न आरोप लगाउँदै प्रिन्सिपललाई घेराउ गरेर विरोध प्रदर्शनी गरे। पहिलो वर्षमा भर्ना भएका विद्यार्थीहरूको हालसम्म रजिस्ट्रेशन नभएको विद्यार्थीहरूको आरोप रहेको छ। तिनीहरूले मार्कशीट समेत नपाएको साथै धेरैपल्ट उत्तरबंग विश्वविद्यालयका रजिस्ट्रारलाई यसबारेमा अवगत गराइसके तापनि तिनीहरूले कुनै सटीक जवाफ नपाएको बताइएको छ। यसैकारण आज बाध्य भएर विद्यार्थीहरूले प्रिन्सिपललाई घेराउ गरेर यसबारे लिखित रूपमा जवाफ मागे। यस सम्बन्धमा उत्तरबङ्ग डेन्टल कलेजका प्रिन्सिपल एस मुखोपाध्यायले विद्यार्थीहरूको आरोप सटीक रहेको साथै यसबारे विश्वविद्यालय प्रबन्धनलाई जानकारी दिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *