उत्तरबंग खुद्रा उद्योग मञ्चद्वारा सेमिनारको आयोजना

सिलगढी : उत्तबंग खुद्रा उद्योग मञ्चको तर्फबाट सिलगढीको कञ्चनजङ्घा स्टेडियममा आज एउटा सेमिनारको आयोजना गरियो। उक्त सेमिनारमा खुद्रा व्यवसाय एवम् कुटीर शिल्पबारे आलोचना गरियो। उत्तरबंग खुद्रा उद्योग मञ्चका अध्यक्ष श्यामल चक्रवर्तीले सेमिनारमा खुद्रा एवम् कुटीर शिल्पलगायत देशमा बढिरहेको बेरोजगारबारे पनि आलोचना गरेको बताए। उक्त सेमिनारमा उपस्थित खुद्रा शिल्प व्यवसायीहरूले आफ्नो विविध समस्याहरूबारे जानकारी गराए। यसको साथै केन्द्रीय संस्थाहरूलाई दिनुपर्ने सहुलियत एवम् सुविधाहरू केन्द्र सरकारले हालसम्म पनि उपलब्ध नगराएको अवगत गराउँदै यसबारे पहल गर्नुपर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *