उत्तर बङ्गालका चियाकमानहरू बन्द राखिनु पर्ने जोइन्ट फोरमको माग

जलपाईगढी : श्रमिक संगठन जोइन्ट फोरमले उत्तर बङ्गालको सबै चियाकमानहरू लक डाउन अवधि आगामी 31 मार्चसम्म बन्द राख्नुपर्ने माग गरेको छ। यसबारे आज जलपाईगढीमा जोइन्ट फोरमले एउटा पत्रकार सम्मेलनको आयोजना गर्यो। कमानको कामकाज बन्द रहे तापनि त्यस अवधिको कमानका कार्यरत सबै स्थायी र अस्थायी कर्मचारीहरूलाई मजदुरी दिनुपर्ने विषयमा सरकारले उचित पहल गर्नुपर्ने चियाश्रमिक संगठन जोइन्ट फोरमका नेता ज्वेल आलमले बताए। उत्तर बङ्गालका विभिन्न चियाकमान इलाकामा लगभग 25 लाख मानिसहरू बसोबास गर्दै आइरहेको तिनले बताए। यसैले चियाकमान श्रमिक संगठन जोइन्ट फोरमको तर्फबाट उक्त विषयलाई लिएर जलपाईगढी जिल्ला शासकलाई भेट गरेर एउटा लिखित आवेदन चढ़ाएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *