उत्तर बंगालका पत्रकारहरूले पोस्टल ब्यालेट मार्फत् मतदान गर्न सक्ने

सिलगढी : भारत सरकारको कानुन मन्त्रालयले उत्तर बंगालका पत्रकारहरूलाई पोस्टल ब्यालेटको माध्यमद्वारा मतदान गर्न सक्ने व्यवस्था गरिदिएको छ। चुनाउको समयमा पत्रकारहरू समाचार सङ्ग्रह गर्नको लागि एक ठाउँदेखि अर्को ठाउँमा जान परेकोले गर्दा तिनीहरूले मतदान गर्न पाउँदैनन्। कनफेडरेशन अफ् नर्थ बेङ्गल एन्ड सिक्किम जर्नलिस्ट्स संगठनले इलेक्सन कमिशन र भारत सरकारलाई पत्रकारहरूको उक्त समस्या समाधान गर्नेबारे आवेदन गरेको थियो। यसपछि चुनाउ आयोगले उत्तर बंगालका पत्रकारहरूले यसपल्ट पोस्टल ब्यालटको माध्यमद्वारा मतदान गर्न सक्ने व्यवस्था गरिदिएको छ। सिलगढी जर्नलिस्ट्स क्लबमा आज पत्रकारहरूलाई यसबारे जानकारी गराइयो। उत्तर बंगालका पत्रकारहरूले चौथो चरणको मतदान अवधि उक्त सुविधा प्राप्त गर्नेछन्। यस अवसरमा कनफेडरेशन अफ नर्थ बंगाल एन्ड सिक्किम जर्नलिस्ट्स संगठनका अध्यक्ष अलिप मित्र, अंशुमान चक्रवर्ती, प्रदीप राय, दिप्तेन्दु दत्त उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *