उत्तर बंगालका तृणमूल विधायक मिहिर गोस्वामी भाजपामा सामेल

सिलगढी : तृणमूल कांग्रेसमा हाल पहिरो जाने क्रम जारी देखिँदैछ। यसै क्रममा अल इन्डिया तृणमूल कांग्रेसका उत्तर बंगालका विधायक मिहिर गोस्वामीले पार्टी त्यागेर भाजपामा सामेल भएका छन्। तृणमूल कांग्रेसको एकजना शीर्ष पार्टी नेता तथा मन्त्री शुभेन्दु अधिकारीले आफ्नो मन्त्री पदबाट राजीनामा दिएको लगत्तै विधायक मिहिर गोस्वामीले पनि दिल्लीमा गएर तृणमूल कांग्रेस पार्टी त्यागेर भाजपामा सामेल भए। दिल्लीको केन्द्रीय भाजपा पार्टी कार्यालयमा हिजो मिहिर गोस्वामीले राष्ट्रिय महासचिव कैलाश बिजयवर्गीयको हातबाट भाजपाको झण्डा समाए। यस अवसरमा भाजपा सांसद अर्जुन सिंह अनि नितिश प्रमाणिक पनि प्रमुख रूपमा उपस्थित थिए। उत्तर बंगाल क्षेत्रलाई तृणमूल कांग्रेसले विकास नगरेकोले गर्दा नै आफूले तृणमूल पार्टी त्यागेको मिहिर गोस्वामीले बताउँदै अब भाजपाले उत्तर बंगालमा विकासका कार्यहरू गर्ने छ भनी आशा व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *