उत्तर बंगालमा चाँडै शुरू हुने प्लाज्मा थेरेपी : डा. सुशान्त राय

जलपाईगढी : राज्य सरकारको तत्वावधानमा उत्तरबंगालमा चाँडै प्लाज्मा थेरेपी शुरू हुने भएको छ। उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा उन्नत आधुनिक प्लाज्मा थेरेपी यन्त्र जडान गरिनेबारे उत्तरबंगमा कोरोना भाइरस सम्बन्धित मामिलाको देखरेख गर्ने डा. सुशान्त कुमार रायले जानकारी दिएका छन्। हाल सिलगढी सहरमा कोरोना संक्रमितहरूको संख्या दिन-प्रतिदिन बढ्दै गइरहेकोले गर्दा संक्रमितहरूको उपचार प्लाज्मा थेरेपीको माध्यमद्वारा गर्न निक्कै सुविधा हुनेछ। मुख्यमन्त्रीको निर्देशअनुसार उत्तरबंगमा कोरोना रोगीहरूको प्लाज्मा थेरेपीको माध्यमद्वारा उपचार गर्ने पहल गरिएको छ। प्लाज्मा थेरेपीको आवश्यक परेका कोरोना रोगीहरूलाई यसको माध्यमद्वारा उपचार गरिने चिकित्सक सुशान्त रायले बताए। यसको सहयोगमा सबैलाई फाइदा हुने साथै चाँडै नै उक्त परिसेवा शुरू गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *