उत्तर बंगालमा पहिलोपल्ट कोरोना भाइरस संक्रमित महिलाको मृत्यु

सिलगढ़ी: उत्तर बङ्गालमा सर्वप्रथम कोरोना भाइरसले संक्रमित एउटी महिलाको गत राति मृत्यु भएपछि राज्यमा कोरोनाले संक्रमित मर्नेहरूको संख्या दुई पुगेको छ। सूत्रअनुसार गत राति 2 बजी उत्तरबंग मेडिकल कलेज-अस्पतालमा कालेबुङ निवासी एकजना महिलाको मृत्यु भएको छ। स्मरण रहोस, उत्तरबंगाल मेडिकल कलेज-अस्पतालमा तिनलाई भर्ना गरिएपछि गत 28 मार्च नाइसेट-को रिपोर्टमा उक्त महिलालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टी गरिएको थियो। यसको साथै राज्यमा कोरोना संक्रमण हुनेहरूको संख्या 22 पुगेको बताइएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *