उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालको कोभिड ब्लकमा आगलागी

सिलगढी : उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालको कोभिड ब्लकमा आज बिहान सर्ट सर्किटको कारण आगलागी हुँदा भागदौड मच्चियो। प्राप्त जानकारी अनुसार उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालको कोभिड ब्लकको सीसीयु युनिटमा सर्ट सर्किटको कारण आगलागी हुँदा अस्पतालका  कर्मचारीहरूले तत्कालै त्यहाँका रोगीहरूलाई अर्को वार्डमा लगे। आगलागी हुँदा उक्त वार्ड धुँवाले भरिएपछि यसको झ्याल भत्काएर धुँवा बाहिर निकालिइयो। तथापि, अग्निशमन विभागको इञ्जिन घटनास्थलमा आइपुग्ने अगावै अस्पतालका कर्मचारीहरूको सहयोगमा आगोलाई नियन्त्रणमा ल्याइएको बताइएको छ। अर्कोतिर, घटनाको खबर पाएर मेडिकल कलेजका सबै अधिकारी तथा डक्टरहरू अस्पतालमा पुगे।  घटनास्थलको निरीक्षणपछि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालका डीन सन्दीप सेनगुप्ताले बताएअनुसार सर्ट सर्किटको कारण सीसीयु युनिटमा सामान्य आगलागी भएको हो। घटनापछि सबै कोभिड रोगीहरूलाई अर्को वार्डमा लगियो भने कुनै प्रकारको ठुलो अप्रिय घटना नभएको तिनले बताए। अस्पतालमा अग्निशमन व्यवस्थालाई अझ राम्रो बनाउने बारेमा चर्चा-परिचर्चा गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *