उत्तर बंगाल मेडिकल कलेजको 1 नम्बर गेट खोल्ने मागमा व्यवसायीहरूद्वारा विक्षोभ

सिलगढी : कोरोना भाइरसको संक्रमणमा रोकथाम गर्ने उद्देश्य लिएर धेरै दिनदेखि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालको 1 नम्बर गेट बन्द रहेकोले गर्दा त्यहाँका व्यापारीहरू समस्यामा परेका छन्। हाल परिस्थिति केही सामान्य बने तापनि उक्त गेट खोल्नेबारे मेडिकल कलेज कर्तृपक्षले कुनै पहल गरेको छैन। यस विषयलाई लिएर विभिन्न राजनैतिक दलका नेताहरूसित भेट गरे तापनि कुनै पहल नगरेको व्यवसायीहरूको अभियोग रहेको छ। आज फेरि उक्त विषयलाई लिएर व्यवसायीहरूले आन्दोलन शुरू गरे। शुश्रुतानगर मर्चेन्ट वेलफेयर एसोसिएशनको तर्फबाट आज उक्त गेट खोलिनुपर्ने मागलाई लिएर धरना प्रदर्शन गरे। संगठनका सचिव दिवाकर सरकारले बताएअनुसार 1 नम्बर गेट बन्द रहेकोले त्यहाँका व्यवसायीहरू निक्कै समस्यामा परेका छन्। प्रतिदिन यहाँ लगभग 30 वटा बसहरू चलाचल गर्ने गर्दथ्यो तर हाल उक्त गेट बन्द रहेको छ। मेडिकल कलेज कर्तृपक्षको उदासिनताको कारण आज यहाँको धेरैजना व्यवसायीहरू समस्यामा परेको तिनले आरोप लगाए। यदि आगामी दिनमा मेडिकल कलेज कर्तृपक्षले उक्त गेट खोल्नेबारे कुनै पहल नगरे आमरण अनशनमा बस्ने तिनीहरूले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *