उत्तर बंगाल मेडिकल नजिक फोहोर-मैलाको थुप्रोमा आगलागी

सिलगढी : उत्तर बंगाल मेडिकल कलेज संलग्न सुश्रुतनगर इलाकामा फोहोर-मैलाको थुप्रोमा आगलागी हुँदा इलाकामा भागदौड मच्चियो। प्राप्त जानकारी अनुसार उत्तरबंग मेडिकल कलेज संलग्न सुश्रुतनगर इलाकाको एसियन हाईवे 2-को सडक किनारमा फ्याँकिएको फोहोर-मैलाको थुप्रोमा आगलागी हुँदा यसको छेउछाउमा रहेका व्यवसायीहरू आतङ्कित बनेका छन्। स्थानीय मानिसहरूको सहयोगमा उक्त आगोलाई निभाउने प्रयास गरे तापनि पछि दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। स्थानीय एकजना व्यवसायीले बताएअनुसार सम्भवतः कसैले उक्त फोहोर-मैलाको थुप्रोमा आगो लगाइदिएको हुनसक्छ। यसको नजिकै हाईभोल्टेजको विद्युत ट्रान्सफर्मार रहेकोले समयमै आगोलाई नियन्त्रणमा नल्याएको भए कुनै ठुलो दुर्घटना हुनसक्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *