उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको एसएनसीयु वार्डमा आगलागी

सिलगढी : उत्तरबंग मेडिकल कलेजको एसएनसीयु वार्डमा आगलागी हुँदा अस्पताल परिसरमा सनसनी मच्चियो। आज एकाबिहानै एसएनसीयु वार्डको एउटा पङ्खाको रेगुलेटरमा आगलागी भएपछि उक्त वार्डमा भर्ना रहेका 56 जना नानीहरूलाई तत्कालै बाहिर निकालिइयो। घटनाको खबर पाएर नानीका परिवारका सदस्यहरू घटनास्थल पुगे। अस्पतालका नर्सिङ स्टाफको सहयोगमा ती नानीहरूलाई अन्य ठाउँमा राखिएको छ भने उक्त आगलागीमा कसैको ज्यानलाई कुनै क्षति नपुर्‍याएको बताइएको छ। घटनाबारे दमकल विभाग खबर दिए तापनि दमकलकर्मीहरू आउन अघि नै अस्पतालका कर्मचारीहरूको सहयोगमा आगोलाई पूर्ण नियन्त्रणमा ल्याइयो। उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका अधीक्षक डा. कौशिक समाजदारले बताएअनुसार यान्त्रिकी खराबीको कारण उक्त आगलागी भएको हो। अस्पताल कर्मचारीहरूको सतर्क रहेको कारण नै उक्त वार्डमा भर्ना 56 जना नानीहरूलाई अन्य ठाउँमा सारिएको छ। त्यहाँ तिनीहरूको उपचार चलिरहेको छ। तिनले पुरा मामिलाको छानबीन गर्ने आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *