उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा सुपर स्पेशियलिटी ब्लक शुरू

सिलगढी : उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा सुपर स्पेशियलिटी ब्लक शुरू भएको छ। स्वास्थ्य अधिकारीहरूले बताएअनुसार हाल उक्त ब्लक आंशिक रूपमा शुरू गरे तापनि चाँडै नै यो पूर्ण रूपमा शुरू गरिनेछ। राज्य स्वास्थ्य मन्त्री चन्द्रिमा भट्टाचार्यले आज सुपर स्पेशियलिटी ब्लकको भर्चुअल उद्घाटन गरिन्। राज्यको जन स्वास्थ्य विभागका ओएसडी सुशान्त रायले उत्तरबंग मेडिकल कलेजमा दीप प्रज्ज्वल गरेर यसको उद्घाटन गरे। ओएसडी उत्तर बंग सुशान्त रायले बताएअनुसार केही काम बाँकी रहेकोले हाल सुपर स्पेशियलिटी ब्लक पूर्ण रूपमा शुरू गर्न सम्भव छैन। तथापि, चाँडै यसको कार्य पुरा गरिनेछ। 4 वटा ओपीडीको साथमा उक्त सुपर स्पेशियलिटी ब्लक शुरू गरिनेछ। सुपर स्पेशियलिटी ब्लकसँगै उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा हाईब्रिड सीसी युनिट शुरू गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *