उत्तरबंग मेडिकल कलेजमा ट्रमा सेन्टर शुरू

सिलगढी : उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा सिटी स्क्यान मसिनसहित ट्रमा सेन्टर शुरू भएको छ। सिलगढी नगरनिगमका मेयर अशोक भट्टाचार्यले विगत 2010-मा उक्त ट्रमा सेन्टरको आधारशीला राखेका थिए भने धेरै वर्ष बितिसक्दा पनि उक्त सेन्टरको उद्घाटन भएको थिएन। हाल अस्पताल कर्तृपक्षले सिटी स्क्यान मशिन जडान गर्न नसके तापनि ट्रायलको रूपमा उक्त ट्रमा सेन्टर शुरू गरेको छ। उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालका सुपर कौशिक समाजदारले बताएअनुसार प्रधानमन्त्रीको स्वास्थ्य योजनाअन्तर्गत निर्माण भइरहेको सुपर स्पेसिलिटी अस्पतालको लागि उक्त सिटी स्क्यान मशिन आवन्टित गरिएको भए तापनि हाल ट्रमा सेन्ट्ररमा उक्त मशिन जडान गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *