उत्तरबंग मेडिकलका 4 जना चिकित्सक कोरोना संक्रमित

सिलगढी : सिलगढीमा 4 जना डाक्टर कोरोना संक्रमित रहेको पुष्टि भएको छ। उक्त खबरले स्वास्थ्य विभाग चिन्तित बनेको छ। उत्तरबंग मेडिकल कलेज एवम् अस्पताल सूत्रले दिएको जानकारीअनुसार उत्तरबंग मेडिकल कलेजको मेडिसन विभागका एकजना चिकित्सक लगायत अन्य तीनजना कोरोना संक्रमित भएको छ। कुनै कोराना रोगीबाट उक्त 4 जना डाक्टर संक्रमित भएको हुनसक्ने चिकित्सकहरूको अनुमान रहेको छ। पीडितहरूलाई चाँडै मतिगढास्थित कोभिड अस्पतालमा लैजाने साथै तिनीहरूको सम्पर्कमा आएकाहरूलाई क्वारेन्टाइनमा राखिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *