उत्तरबंग उत्सवलाई लिएर डुवर्सकन्यामा बैठक

अलिपुरद्वार : उत्तरबंग उत्सवलाई लिएर अलिपुरद्वार जिल्लाको प्रशासनिक भवन डुवर्सकन्यामा आज एउटा बैठकको आयोजना गरियो। उक्त बैठकमा अलिपुरद्वारका अतिरिक्त जिल्लाशासक अनुकूल सरकार, अलिपुरद्वार जिल्ला परिषदका सभाधिपति शीला दास सरकार, अलिपुरद्वारका विधायक सौरभ चक्रवर्ती, अलिपुरद्वार जिल्ला प्राथमिक विद्यालय संसदका चेयरम्यान अनुप चक्रवर्तीलगायत जिल्ला प्रशासनका अन्य अधिकारीगण उपिस्थत थिए। आगामी 20 जनवरीको दिन राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले सिलगढीमा उत्तरबंग उत्सवको उद्घाटन गर्ने साथै त्यहीँ दिनदेखि अलिपुरद्वारको रवीन्द्र भवन र फालाकाटाको उत्तरबंग उत्सव पनि शुरू हुने अलिपुरद्वारका विधायक सौरभ चक्रवर्तीले बताए। आगामी 20 जनवरीदेखि शुरू हुने उत्तरबंग उत्सव दुई दिनसम्म चल्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *