उत्तरकन्यामा विरोध प्रदर्शन गर्न अगावै पुलिसले रोक्यो मल्टिपर्पज हेल्थ केयर वर्कर्सलाई

सिलगढी : मल्टिपर्पज हेल्थ केयर वर्करहरूको आज उत्तरकन्यामा विरोध प्रदर्शन गर्ने योजना रहे तापनि त्यहाँ पुग्न अगावै पुलिसले ती प्रदर्शनकारीहरूलाई रोकिदिए। उल्लेखनीय छ, राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी हिजो उत्तर बंगालको भ्रमणमा सिलगढी आइपुगेकी छन्। तिनले आज उत्तर बंगालको दुईवटा जिल्लाका अधिकारीहरूसित प्रशासनिक बैठक गरिन्। मल्टिपर्पज हेल्थ केयर वर्करहरूले वेतन वृद्धिको मागमा उत्तरकन्या अघि विरोध प्रदर्शन गर्ने योजना बनाए तापनि पुलिसले विरोध प्रदर्शन गर्न अगावै तिनीहरूलाई आज दिउँसो रोकिदिए। मल्टिपर्पज हेल्थ केयर वर्करहरू वाहनमा सवार भएर उत्तरकन्यातर्फ गइरहेको समय पुलिसले जलपाईमोड़मै तिनीहरूलाई रोक्नको साथै लगभग 20 जनालाई हिरासतमा लिएर सिलगढी थाना लगेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *