उत्तरबंग विज्ञान केन्द्रको तर्फबाट प्रकृति पाठ शिविरको आयोजना

सिलगढी : विद्यार्थीहरूलाई प्रकृतिसँग परिचित गराउने उद्देश्य लिएर उत्तरबंग विज्ञान केन्द्रको तर्फबाट आज प्रकृति पाठ शिविरको आयोजना गरियो। सिलगढीको बसुन्धरामा उक्त प्रकृति पाठ शिविरको आयोजना गरिएको छ। अहिलेको पुस्ता प्रकृतिको बारेमा धेरै अनभिज्ञ छ। वर्तमान नयाँ पुस्तालाई संसारमा बाँच्नको लागि प्रकृतिबारे जान्न कति आवश्यक छ भन्ने थाहा छैन। यसैले उत्तर बङ्गाल विज्ञान केन्द्रले विद्यार्थीहरूलाई प्रकृतिसँग परिचित गराउन शिविरको आयोजना गरेको छ। यसको लागि बसुन्धरा फाउन्डेसनले पनि सहयोग गरेको छ। उक्त शिविरमा मोठ 6 वटा विद्यालयका विद्यार्थीहरूले अंश ग्रहण गरेका छन्। उत्तरबंग विज्ञान केन्द्रका शिक्षा विभागका अधिकारी विश्वजीत कुन्डूले बताएअनुसार विशेष गरेर विद्यार्थीहरूलाई प्रकृतिसित परिचित गराउने उद्देश्य लिएर उक्त शिविरको आयोजना गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *