उत्तरबंग विज्ञान केन्द्रको पहलमा सिलगढीमा बसुन्धरा दिवस तथा विश्व अर्थ डे पालन

सिलगढी : उत्तरबंग विज्ञान केन्द्रको पहलमा सिलगढीको साइन्स सेन्टरमा विविध कार्यक्रमको साथमा बसुन्धरा दिवस तथा विश्व अर्थ डे पालन गरियो। प्रत्येक वर्ष विविध कार्यक्रमको साथमा विश्व अर्थ डे पालन गर्ने गरिन्छ। बसुन्धरा दिवस तथा विश्व अर्थ डे-को अवसरमा आज स-साना नानीहरूमाझ बस अनि चित्र बनाऊ प्रतियोगिता लगायत विभिन्न कार्यक्रमको आयोजना गरियो। यस विषयमा विज्ञान केन्द्रका परियोजना निर्देशक ऋतुब्रत विश्वासले बताएअनुसार आज स-साना नानीहरूलाई लिएर विविध कार्यक्रमको आयोजना गरियो। मानिसहरूले आफ्नो दैनिक जीवन जिउने तरिका बद्लिनुपर्ने अब समय आएको छ। हाल प्राकृतिक आपदाको लागि मानिसहरू नै जिम्मेवार रहेको तिनले बताए। आउँदो पिँढीलाई रक्षा गर्ने साथै पृथिवीलाई विनाशबाट बचाउनको लागि जागरूकता शिविरहरूको आयोजना गर्नको बद्ली प्लास्टिक क्यारीब्यागको प्रयोग नगर्ने साथै अधिकभन्दा अधिक रुखको विरुवाहरू रोप्ने तिनले सबैसित अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *