उत्तरबंग विश्वविद्यालयको जमिन निजी संस्थाहरूलाई सुम्पिरहेको आरोप लगाउँदै भाजपा-द्वारा विरोध प्रदर्शन 

सिलगढी : उत्तरबंग विश्वविद्यालयको जमिन अनैतिक तथा अवैध रूपमा निजी संस्थाहरूलाई सुम्पिरहेको आरोप लगाउँदै आज भाजपाले उत्तरबंग विश्वविद्यालयको 2 नम्बर गेट अघि विरोध प्रदर्शन गर्यो। यस अवधि आनन्दमय बर्मन, लक्ष्मी शर्मा, नान्टु पाल लगायत भाजपाका अन्य सदस्यहरू उपस्थित थिए। यसपछि भाजपाका 15 जना नेता तथा कार्यकर्ताहरूले उप-कुलपतिसित भेट गरे। आनन्दमय बर्मनको आरोप अनुसार उत्तरबंग विश्वविद्यालयको जमिन निजी संस्थाहरूलाई सुम्पिरहेको छ। भाजपाले विश्वविद्यालयको जमिनको रक्षाको लागि अघिदेखि नै आन्दोलन गरिरहेको छ। आगामी दिनमा पनि भाजपाले उत्तरबंग विश्वविद्यालयको एक इञ्च जमिन बिक्री गर्न नदिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *