उत्तरबंग विश्वविद्यालयका उप-कुलपतिले राजीनामा दिनुपर्ने मागमा एबीभीपी-द्वारा विरोध प्रदर्शन

सिलगढी : उत्तरबंग विश्वविद्यालयका उप-कुलपतिले राजीनामा दिइनुपर्ने माग गर्दै एबीभीपी-ले आज विरोध प्रदर्शन गर्यो। संगठनका सदस्यहरूले आज उप-कुलपतिले राजीनामा तथा पक्राउ गरिनुपर्ने लगायत विविध मागलाई लिएर विरोध प्रदर्शन गरे। एबीभीपीका राज्य सचिव सुबब्रत अधिकारीले बताएअनुसार  उप-कुलपतिको विविध भ्रष्टाचारलाई लिएर आज आफूहरूले विरोध प्रदर्शन गरेका हौँ। यसभन्दा अघि पनि विरोध प्रदर्शन गरेका थियौँ भने त्यस समय आफूहरूको 8 जना सदस्यलाई पक्राउ गरिएको थियो। आगामी दिनमा पनि विरोध प्रदर्शन गर्नेछौँ। उक्त विरोध प्रदर्शन अवधि कुनै प्रकारको अप्रिय घटना नहोस् भन्ने उद्देश्य लिएर मतिगढा पुलिस तैनाथ गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *